Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली कांग्रेसका सांसद उद्योगपति सूर्यबहादुर केसीको पोखरामा निधन

नेपाली कांग्रेसका सांसद उद्योगपति सूर्यबहादुर केसीको पोखरामा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १८, २०७७ मंगलवार • ०९:३९:४३ बजे
  • 1.0K
    SHARES
  • नेपाली कांग्रेसका सांसद उद्योगपति सूर्यबहादुर केसीको पोखरामा निधन
    नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।

    कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार गएराती १०:३० बजेकाे समयमा चरक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उहाँ लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी हुनुहुन्थ्याे ।

    उनी प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्याे । उहाँको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ ।

    केसी कन्ट्रक्सन प्रालि बाट ब्यबसायी सुरु गर्नुभएको केसी हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउ, बिभिन्न मेडिकल कलेज, होटल म्यानेजमेन्ट कलेज, माछापुच्छ्रे बैंक, बिभिन्न स्थानमा हाईड्रोपावर लगायत दर्जनौ बढी ब्यवसायिक संस्थामा आबद्व रअनुभएको छ ।

    उनी नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्थ्याे । उहाँले राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गर्नुभएकाे थियाे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology