Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गणतन्त्रमा जातिय,बर्गिय विभेद कायमै छ खोई त परिवर्तन ?

गणतन्त्रमा जातिय,बर्गिय विभेद कायमै छ खोई त परिवर्तन ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • १७:१३:४७ बजे
  • 2.6K
    SHARES
  • गणतन्त्रमा जातिय,बर्गिय विभेद कायमै छ खोई त परिवर्तन ?

    रामचन्द्र तिमिल्सिना

    images

    राणा फाले ,पञ्चायत ढाले ।

    खोई त परिवर्तन ।।

    राजा लखेटेकै हो, ब्यबस्था फेरेकै हो,

    खोई त परिवर्तन ।।

    प्रजातन्त्र ,बहुदल ,गणतन्त्र ,लोकतन्त्र आएकै हो,

    खोई त परिवर्तन ।।।

    बिपि, गिरिजा, मनमोहन, प्रचण्ड प्रधानमन्त्री भाकै हो,

    खोई त परिवर्तन ।

     

    बिधिमा समस्या रह्यो कि नितिमा ।

    आचरणमा समस्या रह्यो कि आदतमा ।।

    निश्चित समयानुकूल ब्यबस्था फेरिएकै हो।

    सिंगारिएको राजनेता जन्मिएकै हो ।।

    उथलपुथल गराउने आन्दोलन भएकै हो ।

    मुटु कमाउने क्रान्ति भएकै हो ।।

    खोई त परिवर्तन ।

    जातिय विभेद कायमै छ ।।

    बर्गिय बिभेद कायमै छ ।

    सामन्ती सोच र निरंकुश शैली कायमै छ ।

    खोई त परिवर्तन ।।

     

    शेरबहादुर फालिनु र माकुने उभिनु नै होत परिवर्तन ।

    ओलि फालिनु र प्रचण्ड उभिनु नै होत परिवर्तन ।।

    नत नारी उत्पिडन रोकियो।

    नत हत्या-हिंसा नै ।।

    खोई त परिवर्तन ।।।

     

    आफुलाई स्थापित गराउन ब्यबस्था र ब्यक्तिलाई दोष दिएको त होईन ।

    कम्युनिस्ट मास्न कांग्रेसले र कांग्रेस मास्न कम्युनिस्टले गलत प्रचार गरेको त होईन ।।

    सोचौं एकपटक ,अझै गम्भीर भएर सोचौं, नत्र,

    खोई त परिवर्तन ।।।

     

    खाडी भासिने समस्या फेरिएको छैन।

    पढ्नुको उदेश्य पैसा कमाउनु मात्र हो भन्ने सोच फेरिएको छैन ।।

    धनिले गरिबलाई र गैरदलितले दलित माथी हेरिने सोच फेरिएको छैन ।।।

    हत्यारालाई उन्मुक्ति र भ्रष्टाचारिलाई मुक्ती दिने परम्परा फेरिएको छैन ।

    कुर्सी फेरिनु नै हो परिवर्तन ।

    अनुहार फेरिनु नै हो परिवर्तन ।।

    नत्र भने सोचे जस्तो अझै भाको छैन,

    खोई त परिवर्तन ।।।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology