Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जाका दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा अदुवा खेतीमा रमाउदै

स्याङ्जाका दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा अदुवा खेतीमा रमाउदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १८, २०७७ मंगलवार • १४:२०:४३ बजे
  • 1.8K
    SHARES
  • स्याङ्जाका दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा अदुवा खेतीमा रमाउदै
    स्याङ्जा । यहाँका केही युवाले वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् ।

    विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयको लागि मात्रै भएको भन्दै उनीहरु पछिल्लो समय कृषिमा पेशा तर्फ आर्कषित हुन थालेका हुन् ।

    गल्याङ नगरपालिका ९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थाल्नुभएको छ । पाँच वर्ष विदेशमा विताउनुभएका उहाँले विदेशमा श्रम बढि गर्नुपर्ने तर श्रम अनुसारको पारिश्रमिक नपाएपछि स्वदेश फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवा खेतीको शुरुआत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा गएर गर्ने मिहिनेत हामीले हाम्रै पाखापखेरामा गर्यौ भने त्यहाँ भन्दै धेरै कमाउन सकिन्छ । हामीले स्वदेशमा पसिना बगाउने बानी पार्नुछ, विदेश भन्ने कुरा क्षणिक समयको लागि मात्रै रहेछ ।”

    गत वर्ष ६ रोपनीमा जमीनमा अदुवाखेती गर्नुभएका उहाँले यसवर्ष ३० रोपनीमा अदुवा लगाउनुभएको छ । कृषक रानाले अघिल्लो वर्ष ६ रोपनी जमीनमा लगाएको खेतीबाट दुई लाख आम्दानी लिनुभएको थियो । उहाँले भन्नुभयो, “यो वर्ष बजार भाउ राम्रो पाएमा रु २० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखेकोछु ।” तीस रोपनी बाझो जमीनमा खनजोत गरेर लगाएको अदुवाले यस वर्ष राम्रो आम्दानी दिनेमा उहाँ ढुक्क हुनुहुन्छ । गत वर्ष ६ रोपनी जमीनमा मात्रै अदुवा खेती गर्नुभएका उहाँले पहिलो वर्षमानै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमीनमा अदुवाखेती गर्नुभएको हो ।

    गाउँघरमा बाँझो रहेको जमीनको सदुपयोग हुनुका साथै भीरालो जमीनमा समेत अदुवा खेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाएपनि यसलाई बाँदरले पनि नखाने भएकोले अदुवाखेतीमा लागेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले समेत व्यावसायिक रुपमा कृषि गर्नेहरुलाई अनुदान उपलब्ध गराएपछि आफूलाई थप हौसला मिलेको उहाँले बताउनुभयो । अदुवा सँगसँगै बाख्रा पालन समेत गर्नुभएका उहाँले ३०४० हजार कमाउनको लागि विदेशिन नपर्ने अनुभव सुनाउनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology