Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेक्सिकोकोमा बन्धुकधारीको आक्रमणमा परि २४ जना सर्वसाधारणको मृत्यु

मेक्सिकोकोमा बन्धुकधारीको आक्रमणमा परि २४ जना सर्वसाधारणको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • १८:५९:५९ बजे
  • 1.1K
    SHARES
  • मेक्सिकोकोमा बन्धुकधारीको आक्रमणमा परि २४ जना सर्वसाधारणको मृत्यु

    मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनर्स्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् ।

    images

    प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु  पुनर्स्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनीहरुले केन्द्रमा रहेका व्यक्तिहरुलाई भुइँमा सुत्न लगाएर लहरै गोली चलाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    रातो सवारी साधनमा आएका आक्रमणकारीको खोजी कार्य तिब्र बनाइएको प्रहरी अधिकारीहरुले जनाएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था निकै जटिल रहेको छ । आक्रमणकारीले कसैलाई पनि अपहरण नगरेको प्रहरीको भनाई छ । 

    गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरु तथा कार निर्माणका ठूला कारखाना रहेका छन् । यहाँ केही वर्षदेखि संगठित अपराधका घटना तिब्र रुपमा बढेका छन् । 

    मेक्सिकोकै धनी राज्यमा परिणत भइरहेको गुआनाजुतोमा शक्तिशाली आपराधिक समूहहरु जस्तै न्यू जेनेरेसन र सान्ता रोजा डी लिमा सक्रिय भएका छन् । यी समूहहरु घम्की, अपहरण र इन्धन चोरीजस्ता अपराधमा सक्रिय छन् ।

     

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology