Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२१ दलीय मोर्चाले भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको विरोध ,माइतीघर मण्डलामा प्रदर्शन

२१ दलीय मोर्चाले भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको विरोध ,माइतीघर मण्डलामा प्रदर्शन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १९, २०७७ बुधवार • १४:१४:३५ बजे
  • 2.7K
    SHARES
  • २१ दलीय मोर्चाले भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको विरोध ,माइतीघर मण्डलामा प्रदर्शन
    २१ दलीय मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गरेका छन् ।

    नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

    माइतीघरमा करिब २५ जना व्यक्ति विरोध प्रदर्शन गर्दै जम्मा भएका छन् । हाल प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका छन् । प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको छैन ।

    नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology