Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारलाई लाज लाग्नु पर्ने १७ कारणहरु

सरकारलाई लाज लाग्नु पर्ने १७ कारणहरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७७ बुधवार • १८:५८:०६ बजे
  • 3.0K
    SHARES
  • सरकारलाई लाज लाग्नु पर्ने १७ कारणहरु
    बिदेशिहरु संग हात फैलाएर ॠण र अनुदान माग्दा लाज नहुने तर लकडाउनका कारण रोजगारी गुमाएर भोको बस्न बाध्यहरूलाई केहि मनकारीहरूले दैनिक एक छाक भए पनि खाना खुवाँउदा सरकारलाई लाज लागेछ।

    सरकारलाई लाज लाग्नुपर्ने १७ कारणहरु :-

    १. बंगलादेशले मल सापट दिन्न भन्दा लाज लागेन ?

    २. राणाले बनाई दिएको भवनमा प्रधानमन्त्रीको कार्यालय छ लाज लागेन?

    ३. चीनले बनाई दिएको सार्क केन्द्रमा संसद भवन छ लाज लागेन ?

    ४. २७ वर्षमा पनि मेलम्ची नआउँदा लाज लागेन ?

    ५. राजधानीको सडकमा बुंगबुंग धुलो उड्दा लाज लागेन ? 

    ६. पानी परे सडक हिलाम्मे हुन्छन् लाज लागेन ? 

    ७. शहरका हरेक पोलमा एक ट्रक जती तार गुज़ुल्टिएर शहर कुरूप हुँदा लाज लागेन ? 

    ८. अनेकौ भ्रष्टचार काण्डमा कारबाही नहुँदा लाज लागेन ? 

    ९. सडकमा थुप्रिएको फोहोर नउठदा विदेशी पर्यटकले नाक छोपेर फोहरी नेपाल भन्दै हिँड्दा लाज लागेन ? 

    १०. त्रिपाल भित्र रेल छोपेर राख्नलाई लाज लागेन ?
     
    ११. प्र.म.ले नै उटघाटन गरेको बिजुली बस थन्किदा लाज लागेन ? 

    १२. ३ वर्ष मै मोनो रेल र मेट्रो रेल कुदाउछु भन्दा लाज लागेन ? 

    १३. ६० लाख युवा विदेशिन बाध्य छन लाज लागेन ? 

    १४. विदेशी RAW प्रमुखले कुटनीतिक मर्यादा विपरीत सिधै PM लाई भेट्दा लाज लागेन ? 
     
    १५. कृषि प्रधान देशमा बिदेशबाट तरकारी, अन्न र फलफूल आयात गर्न लाज लागेन ?

    १६. घर घरमा ग्यासको पाईप पुग्छ भनेको तर पुगेन लाज लागेन ?

    १७. भोक र ऋणले गर्दा कयौले आत्माहत्त्या गरे लाज लागेन ? 

    विध्या सुन्दर सरकारको इज्जत ठुलो की जनताको ज्यान प्रश्न यहाँ तेर्सिएको छ !

    राम चन्द्र तिम्सिना 
      (आवाज)

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology