Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो : ओली

मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७७ बिहिवार • ०९:३६:३९ बजे
  • 1.5K
    SHARES
  • मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो  : ओली

    प्रधानमन्त्री केपी ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको बताएका हुन् ।

    ‘म कतै पसे भने सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ, राजीनामा दिन पस्यो । तर, तपाईंहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरा लागि होइन, देशका लागि,’ प्रधानमन्त्री ओलीले चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन कार्यक्रममा भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’

    प्रधानमन्त्रीले भदौ २६ को निर्णय कार्यान्वयन नगरेको र आफ्नै शैलीमा चल्न थालेको भन्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेता फेरि असन्तुष्ट देखिएका छन् । ‘त्यो मैले रिपिटेट्ली (दोहोर्याएर) भनेको छु कि कोहीले खोइ त भनेर मागिरहेका छन्,’ उनले भने, ‘मैले राजीनामा दिने भन्ने कुरा बेकारको हो भन्ने सोच्छु ।’ अन्नपूर्ण पोस्टबाट

    images

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology