Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हाेटलमा रक्सी पिएपछि सभामुख सापकोटाका स्वकीय सचिव र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्रमुख बीच कुटाकुट

हाेटलमा रक्सी पिएपछि सभामुख सापकोटाका स्वकीय सचिव र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्रमुख बीच कुटाकुट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७७ बिहिवार • १०:१४:२२ बजे
  • 1.4K
    SHARES
  • हाेटलमा रक्सी पिएपछि सभामुख सापकोटाका स्वकीय सचिव  र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्रमुख बीच कुटाकुट
    प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका स्वकीय सचिव नवराज ऐर र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख (प्रिन्सिपल) भूपेन्द्र विष्टबीच कुटाकुट भएको छ।गोकुल जोशीले नेपालखबरमा लेखेका छन ।

    शुक्लाफाँटा नगरपालिका–१, बन्साहका ऐर र विष्टबीच बुधवार राति भीमदत्त नगरपालिका-४ महेन्द्रनगरस्थित मेघा होटलमा कुटाकुट भएको हो।

    रक्सीले मातिएको अवस्थामा सभामुखका स्वकीय सचिव ऐर र प्रिन्सिपल विष्टबीच झगडा भएको खुलेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी अमर थापाले जानकारी दिए।

    ‘रक्सी खाएर दुई जनाबीच झगडा भएको खुलेको छ। अहिलेसम्म कसैबाट उजुरी आएको छैन,’ डीएसपी  थापाले नेपालखबरसँग भने। 

    प्रिन्सिपल विष्टले स्वकीय सचिव ऐरले टोकेर आफ्नो औँलै दुई टुक्रा पारिदिएको आरोप लगाएका छन्।

    ‘खाना खाएर घरमै सुतेका थिएँ। नवराजजीले बोलाउँदै छन् भनेर लोकेन्द्र जोशीले मेघा होटलमा आउन भन्नुभयो। म त्यहाँ पुग्दा नवराजजीसहित ४-५ जना बसेर रक्सी पिउँदै हुनुहुन्थ्यो,’ नेपालखबरसँग उनले भने, ‘षड्यन्त्रपूर्वक बोलाएर एक्कासि हमला भयो। औँला टोकेर दुई टुक्रा पारिदिनुभएको छ।’

    विष्टले थपे, ‘उहाँसँग मेरो कुनै रिसइबी थिएन। पदमा दाबी गर्छ भन्नेलगायत विषयमा इगो लिनुभएको रहेछ। षडयन्त्रपूर्वक होटलमा बोलाएर हमला गर्नुभयो।’ 

    उता सभामुखका स्वकीय सचिव नवराज ऐरले भने प्रिन्सिपल विष्टले रक्सीले मातिएर तथानाम गर्न थालेपछि विवाद भएको दाबी गरेका छन्। 

    ‘भूपेन्द्र सरसँग मेरो कुनै चासो र सम्बन्ध छैन। हामी ४-५ जना होटलमा बसेका थियौँ। एक जना साथीले उहाँलाई पनि बोलाउनुभएको रहेछ,’ उनले नेपालखबरसँग भने, ‘होटलमा आएर गालीगलौज गर्न थालेपछि विवाद भएको हो। मेरो कानमा ३ टाँका लागेका छन्।’

    झगडा हुँदा घाइते भएका दुवै जना महाकाली अस्पतालमा उपचारपछि बुधवार राति नै घर फर्किएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology