Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीति

अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई फकाउन थाले : महाधिवेशनबाट एकल अध्यक्ष बन्न प्रस्ताव

अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई फकाउन थाले : महाधिवेशनबाट एकल अध्यक्ष बन्न प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७७ बिहिवार • १३:४९:२५ बजे
  • 2.1K
    SHARES
  • अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई फकाउन थाले : महाधिवेशनबाट एकल अध्यक्ष बन्न प्रस्ताव

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई फकाउन थालेका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

    images

    नेता प्रदीप नेपालमार्फत मिल्नका लागि आग्रह गरेपछि ओली निकट नेताहरु वरिष्ठ नेता नेपालसँग निरन्तर भेटवार्तामा छन् । उनीहरुले नेपाललाई ओलीको सन्देशकोरुपमा महाधिवेशनबाट एकल अध्यक्षमा निर्वाचित हुन सुझाएका छन् ।

    ओलीको दूतकोरुपमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्बाङ, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालले वरिष्ठ नेता नेपाललाई फरक फरक समयमा भेटेर विभिन्न प्रस्ताव राखेका नेपाल निकट नेताहरुले बताएका छन् ।

    नेपाल निकट स्थायी कमिटी सदस्यले भने, ‘उहाँहरुले पटक पटक गरेर माधव कमरेडलाई भेटेर महाधिवेशनबाट एकल अध्यक्ष बन्न प्रस्ताव गर्नु भएको छ । आफू अप्ठ्यारोमा परेपछि ओली कमरेडले यस्तै गर्दै आउनु भएको छ । अहिले पनि खुमलटार पुगेर कोटेश्वर र कोटेश्वर पुगेर खुमलटारलाई गाली गर्ने काम गरिरहनु भएको छ ।’

    आफू निकट नेताहरुसँग नेपालले अहिले उधारोमा कुनै पनि सहमति नहुने प्रष्ट पारेका छन् । उनले भने, ‘ओली कमरेडले पठाएका मान्छेले खुमलटार गएर मलाई गाली गर्ने र मेरोमा आएर प्रचण्ड कमरेडलाई गाली गर्ने गरिरहनु भएको छ । हरेक ठाउँमा भिडाएर स्वार्थसिद्ध गर्ने पुरानै तरिका हो । अहिले जबजको कुरा ल्याएर आउनु भएको छ । त्यो पनि पुरानो भइसक्यो । अबको निकास विधि र प्रक्रिया नै हो ।’

    नेता नेपालले एकातर्फ मिल्ने कुराकानी गर्दै पार्टी विभाजनका लागि भेला गर्दै हिँडेको भन्दै आकोश व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो प्रदेश १ का नेता कार्यकर्ताको भेला गरेर पार्टी विभाजनसम्म जानसक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology