Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा : प्रचण्ड, माधवकुमार

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा : प्रचण्ड, माधवकुमार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७७ बिहिवार • १५:५९:१६ बजे
  • 2.7K
    SHARES
  • ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा :  प्रचण्ड, माधवकुमार

    नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य भएको छ । 

    images
    अविश्वासको प्रस्ताव ल्याउन ओलीइतर समूहको तयारी अन्तिमतिर पुगेको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, सकेसम्म ओलीलाई राजीनामा दिन लगाएर मार्ग खोल्ने पहल पनि भएको छ । राजीनामाको दबाब परेपछि ओलीले हिजो कडा अभिव्यक्ति दिए । उनले कुनै हालतमा राजीनामा नदिने बताए । ओलीको अभिव्यक्ति पछि उनीइतरको समूहले तिहारलगत्तै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ ।

    नेकपा संसदीय दलमा कुनैपनि नेता विशेषको बहुमत छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तीनैजना अल्पमतमा छन् । तर, कुनै दुई नेता एक भएमा बहुमत पुग्ने अवस्था छ । ओली पक्षले भने एक्लै बहुमतको दाबी गर्दै आएको छ ।

    ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड र माधवकुमार नेपालबीच भित्री सहमति बनेको छ । यसैलाई बुझेर ओली पक्षले माधव नेपाललाई सहमतिमा ल्याउन प्रयास जारी राखेको छ । नेपाल सहमतिमा नआउने देखेपछि प्रचण्डलाई मनाउन समेत खोजिएको छ । ओली र प्रचण्डबीच निर्णायक वार्ता हुँदैछ ।

    सत्ता संकट बढेपछि ओलीको अभिव्यक्तिहरुले राजनीतिलाई नै तरंगित पार्दै लगेको छ । उनले प्रचण्डलाई भेटेर अलग अलग जान गरेको प्रस्ताव समेत बाहिर आएको छ । बुधबार उनले राजीनामा दिएर देशलाई बर्बादीमा नलाने अभिव्यक्ति दिए । यसले पनि ओलीको सत्ता संकट गहिरिएको प्रष्ट भएको छ । अब सहमतिको अन्तिम प्रयास आगामी हप्ताभित्र हुने र नभए वारपारकै अवस्था बन्ने देखिएको छ ।

    यसैगरी, प्रधानमन्त्री ओलीले निकटस्थहरुलाई तयारी अवस्थामा रहन भनेका छन् । कुनैपनि बेला चुनौतीको सामना गर्नुपर्ने र आफूले कठोर कदम चाल्नसक्ने भन्दै ओलीले त्यस्तो निर्देशन दिएका हुन् । उनले हिजो प्रदेश १ मा आफूनिकटस्थ नेताहरुसँग जुम बैठकमार्फत् तयार रहन भनेका हुन् ।
    Source: reportersnepal

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology