Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय सेनाले नेपाली सेनालाई दियो एम्बुलेन्स, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री

भारतीय सेनाले नेपाली सेनालाई दियो एम्बुलेन्स, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २०, २०७७ बिहिवार • १७:१६:१० बजे
  • 1.7K
    SHARES
  • भारतीय सेनाले नेपाली सेनालाई दियो एम्बुलेन्स, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री
    भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ।

    नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले दुइटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

    त्यस्तै नेपाली सेनाका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको लागि स्वदेशमै बनेको एक लाख थान मेडिकल मास्क र शान्तिको प्रतीक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका छन्।

    यसअघि प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेटवार्ता भएको थियो।

    भेटका क्रममा नेपाली सेनाका प्रधानसेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो।


    आज बिहान नरवणेले सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए।

    सो अवसरमा उनले जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए।

    आजै साँझ नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology