Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपति भण्डारीले दिए भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी

राष्ट्रपति भण्डारीले दिए भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २०, २०७७ बिहिवार • १७:१९:४३ बजे
  • 1.3K
    SHARES
  • राष्ट्रपति भण्डारीले दिए भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी
    राष्ट्रपति तथा नेपाली सेनाकी परमाधिपति  विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी छन्। 

    बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएकी हुन्।

    नरवणेलाई तरबार पनि उपहार दिइएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायत दुबै देशका अन्य अधिकारीहरू उपस्थित थिए।

    मानार्थ महारथी पाएपछि नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए।  उनीहरूबीच द्वीपक्षीय सहयोगका विषयमा कुराकानी भएको थियो। 


    नेपाल र भारतबीच एक-अर्का सेना प्रमुखलाई मानार्थ महारथी दिने चलन सात दशकदेखि जारी छ। गत जनवरीमा प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले  भारतीय स्थल सेनाको महारथीको पदवी दिएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology