Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डले भने– पहिलो अध्यक्षले नै पार्टी फुटाउनुभयो भने के लाग्छ र ?

प्रचण्डले भने– पहिलो अध्यक्षले नै पार्टी फुटाउनुभयो भने के लाग्छ र ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७७ शुक्रवार • ०१:५८:०३ बजे
  • 2.2K
    SHARES
  • प्रचण्डले भने– पहिलो अध्यक्षले नै पार्टी फुटाउनुभयो भने के लाग्छ र ?

    १८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट र ऐतिहासिकएकताको मझधारमा रहेको बताएका छन् ।

    images

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेटेर फर्किएछि प्रचण्डले स्थायी कमिटी बैठकलाईसम्बोधन गरेका थिए । उनले पार्टीको जीवनमा यो बैठक ऐतिहासिक हुने बताएका छन् ।

    संसद अधिवेशन अन्त्य नगर्न आफूहरुले गरेको आग्रहलाई अस्वीकार गरेको र (राजनीतिक दल विभाजनका लागि सहज बनाउने) अध्यादेश ल्याउने कुरा पनि आइरहेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीकै निवासमा बैठक बसिरहेको छ । बैठकमा आउन मैले पटक–पटकआग्रह गरेको छु, तर उहाँ आउन मान्नुभएको छैन ।’

    यद्यपि पार्टी एकतालाई जोगाउन आफूहरूको अहिले पनि प्रयास गरिरहेको प्रचण्डले बताएका छन् । ‘हाम्रो प्रयास सफल भयो भनेपार्टीमा ऐतिहासिक एकता कायम हुन्छ’ स्थायी कमिटी बैठकमा उनले भने, ‘त्यो प्रयास सफल भएन । पहिलो अध्यक्षले नै अध्यादेशल्याएर पार्टी फुटाउनुभयो भने कसको के लाग्छ र ?’

    एकता जोगाउन अध्यक्ष ओलीसहितका नेताहरूसँग सम्वाद गर्न समय चाहिएको उनले बताए । त्यसअनुसार नै स्थायी कमिटी बैठक पर्सि११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउन भोलि दिनभर प्रयास गर्छु भन्दै समय मागेको र त्यसअनुसार बैठक पर्सि ११ बजेसम्म बैठकस्थगित गरिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

    साभार अनलाईन खबर

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology