Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि

नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २१, २०७७ शुक्रवार • १२:०६:४० बजे
  • 1.3K
    SHARES
  • नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि
    नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको पीसीआर परीक्षणपछि उनीहरूमा संक्रमण देखिएको हो।


    शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ जना केन्द्रीय सदस्यलाई संक्रमण पुष्टि भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बताए। ६ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको जनाइएको छ।

    उनीहरू को–को हुन् भन्ने खुलाइएको छैन। यसअघि पनि कांग्रेसका केही केन्द्रीय सदस्यलाई कोरोना देखिएको थियो। 

    बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएको थियो।

    शुक्रबारदेखि शुरू हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनेहरूको पीसीआर परीक्षण गरिएको थियो। यद्यपि, पदाधिकारी बैठक नसकिएकाले केन्द्रीय कार्यसमितिको बैठक २४ कात्तिकका लागि सरेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology