प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेटवार्ता गरेका छन् ।
रक्षामन्त्रीकोसमेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको जानकारी दिए ।
नेपाली सेनाको मानार्थ महारथी पद ग्रहणका लागि नरवणे बुधबार नेपाल आएका हुन् । बिहीबार राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथी पदवी लिएका नरवणे आजै नयाँ दिल्ली फर्किने छन् ।