Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीको निर्देशनमा ३ जना सचिवालय सदस्य बैठकमा गएनन्

ओलीको निर्देशनमा ३ जना सचिवालय सदस्य बैठकमा गएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७७ शुक्रवार • १५:२४:३१ बजे
  • 1.1K
    SHARES
  • ओलीको निर्देशनमा ३ जना सचिवालय सदस्य बैठकमा गएनन्
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसहित ४ जना अनुपस्थित भएका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठक बोलाएपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका तीनजनालाई उक्त बैठकमा नजान निर्देशन दिएका थिए ।
    बैठकमा नगएका एक सचिवालय सदस्यले भने, ‘हामीलाई प्रधानमन्त्रीज्यूले नजान निर्देशन दिनुभयो । मन्त्री बनेर उहाँकोविरुद्धको बैठकमा जानु नैतिकताले दिँदैन । त्यसैले नगएका हौँ ।’ प्रचण्डको अध्यक्षतामा सुरु बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी छन् ।
    ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी छैनन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन नमानेपछि कार्यकारी अधिकार प्रयोग गरेर प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले आफूले बैठक पनि नबोलाउने र बैठकले गरेका निर्णय पनि कार्यान्वयन नगर्ने बताउँदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology