Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कोरोनाले अवस्था गम्भीर भएपछि कलाकार गजुरेलको आइसियूमा राखेर उपचार

कोरोनाले अवस्था गम्भीर भएपछि कलाकार गजुरेलको आइसियूमा राखेर उपचार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७७ शुक्रवार • १५:३३:०२ बजे
  • 1.6K
    SHARES
  • कोरोनाले अवस्था गम्भीर भएपछि कलाकार गजुरेलको आइसियूमा राखेर उपचार
    कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ । अवस्था गम्भीर भएपछि गजुरेललाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुको आइसियूमा भर्ना गरिएको छ ।
    अस्पतालका अनुसार हिजोदेखि उनको आइसियूमा उपचार भइरहेको हो । गजुरेलमा कात्तिक १० गते कोरोना पुष्टि भएको थियो । घरमै आइसोलेसनमा बसेका उनी बुधबार अस्पताल पुगेका थिए । तर,हिजोदेखि अवस्था थप गम्भीर भएपछि आइसियूमै राख्न परेको उनका साथी टंकराज आचार्यले बताए ।
    आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने गर्दा आफूमा कोरोना संक्रमण भएको अनुमान गजुरेलले गरेका थिए । लक्षणसहितको कोरोना संक्रमण भएपनि उनी केहीदिन घरमै आइसोलेसनमा थिए ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology