Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको सचिवालय बैठक सकियो

अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको सचिवालय बैठक सकियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७७ शुक्रवार • १९:२४:३५ बजे
  • 1.9K
    SHARES
  • अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको सचिवालय बैठक सकियो
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको अनौपचारिक बैठकले पार्टी एकतालाई जोगाएर अगाडि बढ्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले भोलि सचिवालयका बहुसंख्यक सदस्यले सामूहिकरुपमै अर्का अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर औपचारिक बैठकका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा बसेको सचिवालयको अनौपचारिक बैठकले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।

    विधान अनुसार माग गरिएका बैठक तत्काल बोलाउन पहल गर्ने निर्णय पनि भएको छ । पार्टी बैठकका लागि भोलि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउन पहल गर्ने निर्णय भएको श्रेष्ठको भनाइ छ ।

    पछिल्लो समय बैठकको निरन्तर माग गरिए पनि ओलीले आफूले बैठक पनि नबोलाउने र बैठकको निर्णय पनि कार्यान्वयन नगर्ने बताउँदै आएका छन् । पार्टीका सबै तहमा अल्पमतमा परेपछि उनले बैठक टार्दै आइरहेका छन् ।

    आजको बैठकमा प्रचण्डले औपचारिक बैठक राखेमा पार्टी त्यहीँबाट विभाजन गर्ने ओलीले चेतावनी दिएको पनि सचिवालय सदस्यलाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीको निर्देशन अनुसार आजको बैठकमा ओलीसहित महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा बादल सहभागी भएनन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology