Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै कहाँ कति .......

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै कहाँ कति .......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७७ शनिवार • ०८:५९:४० बजे
  • 1.3K
    SHARES
  • कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै कहाँ कति .......
    एजेन्सी । कोरोना भाइरस संक्रमितको संख्या एक दिनमा अहिलेसम्मकै धेरै पाइएको छ । पछिल्लो २४ घन्टामा ६ लाख २० हजार १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यो संख्या कोरोना संक्रमण सुरु भएपछिको अहिलेसम्मकै धेरै हो । पछिल्लो २४ घन्टामा ९ हजार ५३ जनाले ज्यान गुमाएका छन् ।
    यो संख्या पनि पछिल्लो १ महिनाको धेरै हो । पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा १ लाख २९ हजार ७ सय ८८ जनामा कोरोना संक्रमण भएको छ । फ्रान्समा ६० हजार ४ सय ८६, भारतमा ४९ हजार ८ सय ५१, इटलीमा ३७ हजार ८ सय ९, बेलायतमा २३ हजार २ सय ८७, जर्मनीमा २२ हजार २ सय ४६, स्पेनमा २२ हजार ५ सय १६, रसियामा २० हजार ५ सय ८२ र रसियामा १८ हजार २ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार २ सय २१ जनाले ज्यान गुमाएका छन् ।
    त्यस्तै भारतमा ५ सय ७६, फ्रान्समा ८ सय २८, इटलीमा ४ सय ४६, रसियामा ३ सय ७८, अर्जेन्टिनामा ३ सय ७०, बेलायतमा ३ सय ५५, मेक्सिकोमा ५ सय ४४, इरानमा ४ सय २४ र पोल्याण्डमा ४ सय ४५ जनाको कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ज्यान गएको छ । संसारभर संक्रमितको संख्या झण्डै ५ करोड पुगेको छ । यो समाचार तयार पार्दासम्म ४ करोड ९६ लाख ४६ हजार १ सय १४ जनामा कोरोना संक्रमण भएको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर १२ लाख ४७ हजार ९ सय ७२ पुगेको छ । संक्रमितमध्ये ३ करोड ५२ लाख ४४ हजार ६ सय ३७ जना कोरोना मुक्त भएका छन् भने ९० हजार ८ सय ६ जनाको अवस्था गम्भीर छ । १ करोड ३१ लाख ५३ हजार ५ सय ५ जना सक्रिय संक्रमित छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology