Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तिहार नजिकिँदै गर्दा सुन बजारमा खासै छैन,बिक्री

तिहार नजिकिँदै गर्दा सुन बजारमा खासै छैन,बिक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७७ शनिवार • ०९:१३:५१ बजे
  • 2.2K
    SHARES
  • तिहार नजिकिँदै गर्दा सुन बजारमा खासै  छैन,बिक्री
    सुनचाँदीको अधिक कारोबार हुने तिहार नजिकिँदै गर्दा पनि सुन बजारमा खासै उत्साह देखिएको छैन । कोरोना सङ्क्रमणको महामारी बढेसँगै सुन, चाँदीको मूल्य पनि निरन्तर बढ्दै जाँदा सर्वसाधारणको पहुँच बाहिर हुन थालेपछि सुन बजारमा खासै उत्साह नदेखिएको हो । वर्षभरि हुने सुन, चाँदीको कारोबारमध्ये एक चौथाइभन्दा बढी कारोबार दशैँ तथा तिहारको समयमा हुने गरेको भएपछि अहिले बजारमा खासै चहलपहल नरहेको व्यवसायीको भनाइ छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार पछिल्ला केही दशकयता विशेष गरी काग तिहार (धन तेरस) दिनमा सुनचाँदीलगायतका नयाँ सामग्री भित्र्याउने प्रचलन बढेकाले यस दिन अधिक कारोबार हुने गरेको थियो तर यो वर्ष त्य स्तो उत्साह देखिएको छैन ।
    विगतका वर्ष दशैँपछि दैनिक ३० किलोदेखि धन तेरसको दिनसम्म ५० किलोसम्म सुनको कारोबार हुने गरे पनि यस वर्षसम्म १० किलोसम्मको पनि कारोबार हुने सम्भावना नदेखिएको उनको भनाइ छ । दैनिक एकाध ग्राहक मात्र कारोबारका लागि आउने गरेको उनि बताउँछन् । सुन मात्र होइन चाँदीको कारोबार पनि हुन नसकिरहेको उनको भनाइ छ ।
    उनि भन्छन, ‘सबैतिर कोरनाको संक्रमण बढेकाले यो वर्ष बजार निकै निराशाजनक हुँदै छ । पसल खुलेर मात्र के गर्नु ? ग्राहक कोही पनि आउँदैनन्ध्र’ शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपियाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपियाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य आकाशिएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएकोम छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology