Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीति

प्रचण्डले गरे पार्टी बैठकको पहल, ओलीले गरे अस्वीकार

प्रचण्डले गरे पार्टी बैठकको पहल, ओलीले गरे अस्वीकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७७ शनिवार • १४:१९:४४ बजे
  • 1.5K
    SHARES
  • प्रचण्डले गरे पार्टी बैठकको पहल, ओलीले गरे अस्वीकार
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताले सहमतिमै सचिवालय बैठक बोलाउन आग्रह गरेका छन् ।
    लिखित पत्र दिएर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग बैठकको पहल गरिए पनि बैठक नबस्ने संकेत ओलीले गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफूहरुले तत्काल सहमतिमै पार्टीको बैठक बस्नका लागि लिखित पहल गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । बैठकका लागि पहल गर्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ बालुवाटार पुगेका थिए । ओलीलाई बुझाइएको पत्रमा कोरोना महामारी र त्यसले पारेको असर न्यूनिकरण गर्न छलफल आवश्यक भएको उल्लेख छ ।
    पत्रमा भनिएको छ, ‘लगातार बैठकको पहल गर्दा पनि र बैठक बसाल्न तपाईँले देखाएको असमतिका कारण यहाँ आउनु परेको छ । कोरोना महामारीले नागरिकमा परेको गम्भीर असरको विषय, स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएपछिको समीक्षा र पार्टीमा देखिएको समग्र संकट सम्बोधनका लागि सकरात्मक निष्कर्ष निकाल्न बैठक आवश्यक छ ।’ नेताहरुसँगको छलफलमा ओलीले बैठक बस्ने कुरा अस्वीकार गरेका छन् । स्रोतका अनुसार उनले भने, ‘बस्ने र बैठक ..? हुन्छ बसौँला । समय मिलाएर बस्नुपर्छ । तर, त्यसअघि छलफल गर्न आवश्यक छ ।’ बालुवाटार स्रोतका अनुसार ओलीले बैठक बस्नुपूर्व दुई अध्यक्षबीच सहमति हुनुपर्ने कुरामा ओलीले आफ्नो धारणा राखेका छन् । प्रचण्डसहितका नेताले भोलि वा पर्सीसम्म बैठक बस्नुपर्नेमा जोड दिए पनि ओलीले तत्काल बैठक नबस्ने संकेत गरेका छन् ।
    यसअघि शनिबार बिहान पनि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेको थियो । हिजोको बैठकमा जस्तै आज पनि अध्यक्ष ओलीको निर्देशन अनुसार महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा धुम्बाराही बैठकमा सहभागी भएनन्् । ९ सदस्यीय सचिवालयमा प्रचण्ड बहुमतमा छन् भने ओली अल्पमतमा छन् ।
    पार्टीका सबै संरचनामा अल्पमतमा परेपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठक बोलाउन मानिरहेका छैनन् । प्रधानमन्त्री ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने चेतावनी दिँदै आएका छन् । उनले आफू निकटसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा निरन्तर परामर्श गरिरहेका छन् । नेकपामा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको मात्र नभएर कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले विवाद उत्कर्षमा छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology