Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीति

ओलीको व्यक्तिवादी कार्यशैलीले पार्टी र देशलाई समस्या पारिसक्यो : बामदेव

ओलीको व्यक्तिवादी कार्यशैलीले पार्टी र देशलाई समस्या पारिसक्यो : बामदेव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७७ शनिवार • १६:३४:१७ बजे
  • 3.1K
    SHARES
  • ओलीको व्यक्तिवादी कार्यशैलीले पार्टी र देशलाई समस्या पारिसक्यो : बामदेव

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला आज पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ५ जना सचिवालय सदस्यले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीको सचिवालय बैठक तत्काल बोलाउन आग्रह गरिएको छ ।

    images

    भेटवार्ताको सुरुवातमै अध्यक्षद्वय ओली प्रचण्डबीच बाझाबाझ् भएपछि सुरुवातमै अन्य सदस्यले हस्तक्षेप गर्नु परेकोे थियो । ओलीले प्रचण्डविरुद्ध गुटबन्दीको आरोप लगाएपछि प्रचण्डले पनि त्यसको जवाफ दिएका थिए ।

    ओली र प्रचण्डबीच विवाद चर्किन थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले हस्तक्षेप नै गर्नु परेको थियो । उपाध्यक्ष गौतमले भने, ‘दुई अध्यक्षमध्ये दुबैजनाले पार्टीका नेताहरुसँग छलफल गर्न पाउनुपर्छ । एकजनाले बोलाउँदा गुटबन्दी हुने र अर्काले भेला गर्दा नहुने भन्ने हुँदैन । त्यसैले दुबै अध्यक्षले गर्ने छलफल गुटबन्दी हुँदैनन् । अध्यक्षद्वयलाई यो अधिकार छ ।’

    ओलीको कार्यशैलीमा पनि गौतमले प्रश्न उठाए । उपाध्यक्ष गौतमले ओलीलाई भने, ‘तपाईँको व्यक्तिवादी कार्यशैलीले पार्टीमामात्रै होइन् देशलाई नै समस्या परिसक्यो । व्यक्तिवादी समस्या नै मुख्य समस्या हो । तपाईँको कार्यशैली कम्युनिष्ट कार्यशैली होइन, विरोधीलाई देख्नै नसक्ने समस्या तपाईँमा पुरानै हो । त्यहीँ भएर मैले तपाईँसँग छैन भनेर प्रष्ट भनेको हुँ । तपाईँ सच्चिन आवश्यक छ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology