प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका हुन ।लाई बधाई ज्ञापन गरेका हुन । आज बिहानै ट्वीट गर्दै ओलीले ऐतिहासिक जितका लागि जो बाइडनलाई बधाई दिएका हुन्।
प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफु निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याएका छन्।
बाइडन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन् ‘हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।’