Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मानहुँकोटमा आन्तरिक पर्यटक ओइरिए

मानहुँकोटमा आन्तरिक पर्यटक ओइरिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७७ आइतवार • ०८:१७:१५ बजे
  • 1.6K
    SHARES
  • मानहुँकोटमा आन्तरिक पर्यटक ओइरिए

    कोरोना संक्रमणको जोखिम कायमै रहे पनि पछिल्लो समय तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटकहरुको घुँइचो लागेको छ । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा रहेको मानहुँकोटमा दशैंयता आन्तरिक पर्यटकहरुको घुँईचो लागेको हो ।

    images

    ब्यास नगरपालिका ५ मा रहेको मानहुँकोटबाट सूर्योदय र सूर्यास्तको दृष्य हेर्न पाइन्छ । त्यस्तै कुहिरोले ढाकेको तनहुँ सदरमुकाम दमौली बजारको दृष्य पनि देख्न सकिन्छ । यसका साथै हिमशृङ्खला, मादी र सेती नदीको दृश्य पनि देख्न सकिन्छ ।

    दशैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गरेका छन । तर शनिबार १० हजारभन्दा बढी पर्यटक मानहुँकोट पुगेका छन् । मेला महोत्सवको आयोजना गरिए जस्तै डाँडैभरि पर्यटकको ताँती लागेको थियो ।

    यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम भएको थियो । चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ ।

    समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सञ्जालमा मानहुँकोट ‘कोरोना फ्रि जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ ।

    घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्न वडाध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन ।

    तनहुँको विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवन लगायतका जिल्लाबाट पर्यटक आएका हुन । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology