Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्रम्प निर्वाचन हारे पछि श्रीमति मेलियानाले डिभोर्स गर्दै

ट्रम्प निर्वाचन हारे पछि श्रीमति मेलियानाले डिभोर्स गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७७ आइतवार • १९:४३:२३ बजे
  • 2.1K
    SHARES
  • ट्रम्प निर्वाचन हारे पछि श्रीमति मेलियानाले डिभोर्स गर्दै
    एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा पराजय भएसगैँ उनका विभिन्न किस्सा सार्वजनिक हुन थालेका छन् ।मेलियानाका एक पूर्व सहयोगीले दाबी गरे अनुसार अब उनलाई श्रीमति मेलियानाले समेत डिभोर्स दिने संभावना बढेको छ डेलिमेलमा प्रकाशित समाचार अनुसार उनका पूर्व सहयोगी स्टेफनी वाल्काफले मेलियानाले बिबाह पछिको सम्झौतालाई लिएर छलफल गरीरहेका छन् । मेलियानाले छोरा बेरनका साथै ट्रम्पसगँ भएको सम्पत्तिको आधा हिस्सा माग गरीरहेको दाबी समाचारमा गरिएको छ ।

    स्टेफनीले ह्वाईट हाउसमा ट्रम्प र मेलियानाको बेड समेत अलग अलग भएको दाबी गरेका छन् ।ट्रम्पका पूर्व राजनीतिक सहयोगी ओमारोसा मेनिगल्टले ट्रम्प र मेलियानाको १५ वर्ष पुरानो बैबाहिक सम्बन्ध समाप्त हुन लागेको दाबी गरेका छन् । ह्वाईट हाउसबाट बाहिर आए लगत्तै मेलियानाले डिभोर्स दिने उनको दाबी छ ।

    यसअघि मेलियानाले ट्रम्पसगँ महान सम्बन्ध भएको बताएकी थिईन् । ट्रम्पले दोस्रो श्रीमति मार्ला मेपल्ससगँ सम्बन्ध तोड्दा कुनै पनि पुस्तक नछाप्ने र अन्तवार्ता नदिने अनुबन्ध गरेका थिए ।ट्रम्प र मेलियानाको प्रेम सन् १९९८ देखि शुरु भएको थियो । मेलियाना २८ वर्षको हँदा ट्रम्प ५२ वर्षका थिए । २००४ मा ट्रम्पले मेलियानालाई १५ लाख मिलियन डलरको हिराको हार दिएर बिबाहको प्रस्ताव गरेका थिए । २२ जनवरी, २००५ मा बिबाह गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology