Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

चीनले अझै दिएन बाईडेनलाई बधाई

चीनले अझै दिएन बाईडेनलाई बधाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७७ सोमवार • १०:१४:५२ बजे
  • 1.5K
    SHARES
  • चीनले अझै दिएन बाईडेनलाई बधाई
    एजेन्सी । अमेरीकाको अधिक चर्चा पाएको राष्ट्रपतिय निर्वाचनमा डेमोक्रयाट्स उम्मेद्धार जो बाईडेन निर्वाचित भए पछि विश्वभरका नेताहरुले बधाई सन्देश पठाएका छन् । तर ठूला महाशक्ति बन्दै गरेको चीन र अर्को महाशक्ति रुसले बाईडेनलाई बधाई दिएको छैन ।
    बाईडेनको जीतमा अहिले सम्म चीन र रुसबाट कुनै प्रतिकृयाहरु प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
    चीनसगँ ट्रम्प कार्यकालमा सम्बन्ध तनावपूर्ण रहेको छ । एकातिर व्यापार युद्ध चलिरहेको छ भने अर्कोतिर दक्षीणी चीनीया सागर, ताईवान, हङकङ मामलामा पनि अमेरीकाले चीनमाथि दबाब बनाईरहेको छ । मेक्सिको सहित अन्य केही देशले पनि अहिले नै बधाई दिनु हतारो हुने प्रतिकृया दिएको छ । डोनाल्ड ट्रम्पले आफू बिजयी भएको र कानुनी लँडाई शुरु गरेको बताएका कारणले पनि प्रतिकृया आउन ढिलाई भएको हो या अरु नै यसबारे कुनै विवरण प्रकाशित छैनन् ।

    जो बाईडेनले अमेरीकी ईतिहासमा सबै भन्दा बढी लोकप्रिय मत हासिल गर्दै ४६ औँ राष्ट्रपति बन्न सफल भएका छन् ।
    ट्रम्प दोस्रो कार्यकालका निर्वाचित हुन नसक्ने ११ औं असफल राष्ट्रपतिमा दर्ज भएका छन् ।
    यसैबीच बाईडेनले ट्रम्पले लिएका केही नीतिहरुलाई तत्काल खारेज गरेर अमेरीकालाई विश्वको नेतृत्वदायी अवस्थामा अघि बढाउने तयारी थालेका छन् ।बाईडेनका सल्लाहकारहरुले पर्यावरण सम्बन्धि पेरिस सम्झौतामा पुनः फर्कने लगायतका बिषयमा परामर्श शुरु गरेको केबल न्युज नेटवर्कले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology