Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अध्यक्ष दाहालले बोलाए सचिवालयका बहुमत सदस्यको बैठक

अध्यक्ष दाहालले बोलाए सचिवालयका बहुमत सदस्यको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७७ मंगलवार • १५:५२:०३ बजे
  • 1.1K
    SHARES
  • अध्यक्ष दाहालले बोलाए सचिवालयका बहुमत सदस्यको बैठक

    नेकपा अध्यक्ष दाहालले सचिवालयका बहुमत सदस्यको बैठक आह्वान गर्नुभएको छ । अपराह्न ४ बजे धुम्बाराहीमा बहुमत सदस्यको बैठक बस्ने बैठकले विवाद समाधानका लागि यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई दिएको अल्टिमेटम सकिएपछि थप रोडम्याप तय गर्ने बुझिएको छ । यसअघि, गत शुक्रबार धुम्बाराहीमा सचिवालयका ५ सदस्यको बैठक बसेको थियो ।

    images

    उक्त बैठकले पार्टी सचिवालय बैठक बोलाउनका लागि सामूहिक रूपमा भेटेर ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो । त्यसपछि दाहालसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई भेटेर सचिवालय बैठक बोलाउनका लागि ४८ घण्टे अल्टिमेटम दिएका थिए ।

    यसबीचमा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीको सन्देश लिएर मंगलवार बिहान खुमलटार जानुभएको थियो । त्यसक्रममा आजको बैठक नबस्न आग्रह गरिएको बुझिएको छ ।

    बैठक बोलाउँदा थप विवाद बल्झिन सक्ने भन्दै केही दिन पर्खन पोखरेलले आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री निकट महासचिव पौडेल, लुम्बिनीका मुख्यमन्त्री पोखरेल, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत दिनहुँ छलफल गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology