पोखरा – प्रधानमन्त्री केपी ओलीको समर्थकमा पोखरामा पनि प्रदशन भएको छ। बिहिवार साझ देखी शुक्रवार बिहान परेको निरन्तर झरीको बीचमा पनि प्रम ओलीको समर्थनमा कार्यकर्ताले नारा जुलुस सहित प्रदशन गरेको हो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेकाे बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन् ।
पोखराको व्यस्त बजार मानवाधिकार चोकबाट निस्केको र्याली चिप्लेढुङगामापुगी कोण सभामा परिणत भएको थियो । जुलुसमा सहभागिले आजलाई हैन भोलिलाई, पाँच वर्ष ओलीलाई ,नागरिकता विधेयक पारित गर, विदेशी हस्तक्षेप बन्द गर ,केपी ओली जिन्दावाद जस्ता नारा लगाएका थिए ।