Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली र प्रचण्डबीच निर्णायक वार्ता

आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली र प्रचण्डबीच निर्णायक वार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७७ शुक्रवार • १८:१६:३३ बजे
  • 2.1K
    SHARES
  • आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली र  प्रचण्डबीच निर्णायक  वार्ता

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको निर्णायक भनिएको वार्ता सकिएको छ।

    images

    वार्तामा दुवै अध्यक्षले पछिल्ला घट्नाक्रमबारे खुलस्त छलफल गरेको र दुवै पक्षले वातावरणलाई सकारात्मक दिशातर्फ लैजान प्रयास गरिएको बताइएको छ।

    ‘मंसिर ४ मा भएको समझदारी, त्यस यताका घट्नाक्रमबारे दुई अध्यक्षबीच खुलस्त कुराकानी भएको छ। उहाँहरुले यसबीचका घट्नाक्रमको पनि खुलेर समीक्षा गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरसँग भने। पार्टीभित्र विवादले चर्को रुप लिएपछि जारी स्थायी समिति बैठकसमेत शनिबार सम्मका लागि स्थगित गरिएको थियो। थापाका अनुसार स्थायी समिति बैठकअघि शनिबार बिहान दुई अध्यक्षबीच पुनः छलफल हुनेछ।

    शुक्रबार दुई अध्यक्षबीच करिब ४ घण्टासम्म जारी रहेको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मासमेत सहभागी थिए।

    दुई पार्टी एकता प्रक्रिया लगायत यसअघिका निर्णायक वार्ताहरुमा सक्रिय रहेका पौडेल र शर्मालाई समेत साक्षी राखेर गरिएको शुक्रबारको लामो वार्ता निर्णायक हुने अपेक्षा गरिएको थियो।

    छलफलमा दुवै अध्यक्षले आ–आफ्ना कुरा राखे पनि कुनै सहमति भने भइनसकेकाे एक नेताले बताए।  दुई अध्यक्षबीचको संवाद सकारात्मक भए पनि कुनै सहमति बनिसकेकाे छैन’, नेपालखबरसँग कुरा गर्दै ती नेताले भने, ‘दुबै अध्यक्षले आआफ्ना कुरा राख्नुभएको छ, छलफलका लागि भोलि बिहान फेरि बस्ने सहमति भएको छ।’ केही समयदेखि जारी नेकपाभित्रको आन्तरिक विवाद स्थायी समिति बैठकमा थप उत्कर्षमा पुगेको हो। बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना हुनुका साथै उनको राजीनामा समेत मागिएको थियो। 

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology