Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीको मादीमा अत्यावश्यकबाहेक १ हप्ता सेवा बन्द, सार्वजनिक गाडी चलाउन रोक

कास्कीको मादीमा अत्यावश्यकबाहेक १ हप्ता सेवा बन्द, सार्वजनिक गाडी चलाउन रोक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २६, २०७७ बुधवार • १०:२९:०१ बजे
  • 2.5K
    SHARES
  • कास्कीको मादीमा अत्यावश्यकबाहेक १ हप्ता  सेवा बन्द, सार्वजनिक गाडी चलाउन रोक
    कास्कीको मादी गाउँपालिकाले १ हप्ताका लागि अत्यावश्यकबाहेक सेवा बन्द गरेको छ ।

    मंसिर देखि मंसिर २ गतेसम्म पालिका तथा मातहतका कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह बन्द गरेको वडा अध्यक्ष एव प्रवक्ता लाल् गुरुङले जानकारी दिए ।उनले कोरोना भाइरसका पालिकामा तीव्ररुपमा समुदायस्तरमा देखिन सुरु भएको र संक्रमित हुनेको दर बढ्दो रुपमा रहेकाले पालिकाले आन्तरिक कामबाहेक सेवा सुविधा नदिने जानकारी दिए ।

    उनले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा यथावत रुपमा सञ्चालन हुने बताए ।पालिकाबाट प्रकाशित प्रेस विज्ञप्तिमा वडा नम्बर ३ र वडा नम्बर १० मा गरी २ संक्रमितको निधन भएको उल्लेख गर्दै नजिकिँदै गरेको तिहार र छठ पर्वमा हुन सक्ने जमघट आवतजावत भीडभाडले थप संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर राख्दै एक हप्ताका लागि सार्वजनिक यातायातका साधन (भाडाका बस तथा जिप) सञ्चालनको लागि पूर्ण रुपमा रोक लगाएको जनाइएको छ ।

    स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बुधबारदेखि मंसिर २ गतेसम्मका लागि सार्वजनिक सवारी सञ्चालनका रोक लगाएको हो ।

    अध्यक्ष गुरुङले एम्बुलेन्स सेवा, खाद्यान्य, निर्माण सामग्री ढुवानी लगायत अत्यावश्यक सेवा, निजी तथा सरकारी सवारी आवागमनमा सहजीकरण गरिने बताए ।

    ‘कोरोना भाइरस संक्रमणको दृष्टिले उच्च जोखिममा रहेका बजार क्षेत्रलाई सिल गर्ने निर्णय गरेका छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘तिहारमा खेलिने देउसीभैलो लगायत सम्पूर्ण क्रियाकलापमा रोक लगाइने छ ।’

    पालिकाले बुधबारदेखि मंसिर ५ गतेसम्मका लागि वडा नम्बर ९ को नयाँबजार, वडा नम्बर १० को थुम्सीकोट, वडा नम्बर ११को भगवतीबजार, वडा नम्बर १२ को घुम्लेबजार र भगवतीटारक्षेत्र सिल गरेको हो ।

    पालिकाभित्रका पर्यटकीय क्षेत्रमा हुने गतिविधिलाई समेत पूर्णरुपमा रोक लगाएको छ । पालिकाले विद्यालयहरुमा सञ्चालन भएको शिक्षण सिकाइ सहजीकरण कार्यक्रम मंसिर ६गतेसम्मको लागि बन्द गरेको छ ।

    अध्यक्ष गुरुङले संक्रमणदर उच्च रहेको क्षेत्रमा १ घर १ पिसिआर गर्ने बताए । उनले कन्ट्र्याक्ट टे«सिङका परेका व्यक्तिहरुको समेत पिसीआर गर्ने जनाए ।

    कोरोना रोकथाम तथा नियन्त्रणको सचेतनामूलक अभियानमा जुट्न सरोकारवाला सबैलाई आग्रह गर्दै पालिकाले भौतिक दुरी कायम गर्नेदेखि मास्क सेनेटाइजर जस्ता सुरक्षा सामग्री प्रयोग गरी कृषि तथा पशुपालन सम्बन्धी काम गर्न अनुरोध गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology