Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सञ्चार क्षेत्र बलियो भएमा लोकतन्त्र बलियो : प्रमुख सचेतक अधिकारी

सञ्चार क्षेत्र बलियो भएमा लोकतन्त्र बलियो : प्रमुख सचेतक अधिकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७७ बुधवार • १५:४०:२४ बजे
  • 1.6K
    SHARES
  • सञ्चार क्षेत्र बलियो भएमा लोकतन्त्र बलियो : प्रमुख सचेतक अधिकारी

    गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक मायानाथ अधिकारीले सञ्चार क्षेत्र बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।

    images

    प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ, लमजुङ शाखाको समन्वयमा बुधबार बेँसीशहरमा आयोजित पत्रकार आचांरसहिता र कोभिड–१९ले मिडियामा पारेको प्रभावबारे आयोजित अन्तरक्रियामा उनले लोकतन्त्र ल्याउन मिडिया र नागरिक समाजको पनि भूमिका रहेको स्मरण गरे ।

    काउन्सिलका बोर्ड सदस्य दुर्गा भण्डारीले मिडिया काउन्सिल बोर्ड बनाएर सबै संचारमाध्यमलाई समेटेर लैजानुपर्ने बताउँदै कोभिड–१९ पछि श्रमजीवी पत्रकारलाई दिइएका हैरानीबारे राज्य र सम्बन्धित निकायले अनुगमन गर्दै आएको जनाए ।

    कार्यक्रममा सहभागी पत्रकारले कोरोनाको संक्रमणको जोखिमका साथै जागिर गुम्ने जोखिम, संचारमाध्यम टिकाउन मुस्किल परेको स्थितिमा काउन्सिलले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology