Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा (बिप्लव) ले ७औ पार्टी पुर्नगठन दिबश भब्य रुपमा मनाउॅदै

नेकपा (बिप्लव) ले ७औ पार्टी पुर्नगठन दिबश भब्य रुपमा मनाउॅदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७७ बुधवार • १७:२९:२८ बजे
  • 2.6K
    SHARES
  • नेकपा (बिप्लव) ले ७औ पार्टी पुर्नगठन दिबश भब्य रुपमा मनाउॅदै

     नेकपा पुनर्गठन भएको ७ बर्ष पुरा प्रवेश हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीले सातौं पार्टी पुनर्गठन दिवसलाई देशभरभव्य रुपले उत्सवको रुपमा मनाउने भएको छ । नेकपाले मंसिर ८ गतेलाई उत्सवको रुपमा मनाउने बताएको हो ।

    images

    पार्टी पुनर्गठन दिवसको रुपमा मङ्सिर ६, ७ र ८ गते विभिन्न कार्यक्रमहरु गरेर मनाउने नेकपा स्रोतले बताएको छ । प्राप्त जानकारीअनुसार ६ गते पार्टी प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप गर्ने, ७ गते देशभर जनप्रदर्शन र सभा, ८ गते जनतासँग उत्सवको रुपमामनाउने बताइएको छ ।

    २०७१ मंसिर ८ गते नेकपा पुनर्गठन भएको थियो । यसअघि २०६९ असारमा जनयुद्धका मूल नेतृत्व प्रचण्ड बाबुरामलगायतका नेतृत्वमावैचारिक विचलन वा संसदीय पुँजीवादमा उनीहरुको आत्मसमर्पण भएपछि मोहन बैद्यको नेतृत्वमा नेकपा–माओवादी बनेको थियो ।नेकपा–माओवादीमा पनि अकर्मण्यता देखिएपछि नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ पार्टी नेकपा माओवादी पुनर्गठन भएको थियो। २०७३ साल भदौ ७ गते कम्युनिस्ट न्युक्लियससँग भएको क्रान्तिकारी ध्रुवीकरणपछि नेकपा (माओवादी) बनेको थियो । २०७३ मानेकपा (माओवादी) को आठौं महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेको थियो ।

    नेकपाले पार्टी पुनर्गठन भएपछि हरेक बर्ष पार्टी पुनर्गठन दिवस मनाउँदै आएको छ । मंसिर ८ गते क्रान्तिकारीहरु जनताका लागीऐतिहासिक दिन हो । अर्थात् तत्कालीन नेकपा माओवादीले जनमुक्ति सेना स्थापना गरेको दिन हो । जनमुक्ति सेना स्थापना सँगै प्रतिक्रियावादी सेनामाथि हमला गरिएको दिन हो । यो एक ऐतिहासिक वीरता, बलिदानको सन्दर्भ र अवसरको दिन पनि हो ।

    अहिले नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशा सहित वैज्ञानिक समाजवाद प्राप्तिका लागी क्रान्तिलाई अगाडी बढाइरहेको छ ।सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको छ । यसक्रममा नेकपाका कैयौं नेता कार्यकर्ताहरु जेल हिरासतमा रहेका छन् । प्रतिबन्धकोबाबजुद नेकपाले देशभर पार्टी पुनगर्ठन दिवसलाई भव्य रुपले उत्सवको रुपमा मनाउन लागेको छ ।
    स्रोत janabato.com 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology