Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बामदेव गौतम मन्त्री बन्न पाउने

अब बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला

अब बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७७ बुधवार • १९:२२:४१ बजे
  • 1.3K
    SHARES
  • अब बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला

    नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले उनीविरुद्ध दायर भएका रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ ।

    images

    सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै गौतम मन्त्री बन्न पाउने भएका हुन् ।

    अधिवक्ता बद्रीराज भट्ट र दिनेश त्रिपाठीले गौतमलाई प्रतिनिधिसभा चुनाव पराजित भएकाले उनी राष्ट्रिय सभा सदस्य बन्न नसक्ने तथा मन्त्री बनाउन पनि रोक्नुपर्ने भन्दै अन्तरिम आदेशको माग गर्दै सर्वोच्च छुट्टा छुट्छै रिट दायर गरेका थिए ।

    सर्वोच्चले रिटको अन्तिम फैसला अनुसार हुनेगरी अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ । गौतम अब मन्त्री बन्न सक्ने अधिवक्ता शालिकराम सापकोटाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology