Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा सचिवालय बैठक बोलाउन ओली तयार,आजको बैठक स्थगित

नेकपा सचिवालय बैठक बोलाउन ओली तयार,आजको बैठक स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • १०:४७:१७ बजे
  • 1.9K
    SHARES
  • नेकपा सचिवालय बैठक बोलाउन ओली  तयार,आजको बैठक स्थगित

    प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपा सचिवालय बैठक बोलाउन तयार भएका छन् । ओली सचिवालय बैठक बोलाउन तयार भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको बैठक भोलिसम्मका लागि सरेको छ ।

    images

    ओली र प्रचण्डसँग परामर्स गरेपछि महासचिव विष्णु पौडेलले भोलि दिउँसो ४ बजे बैठक बस्नेगरी सबै सचिवालय सदस्यलाई खबर गरेका छन् । सचिवालय बैठक बस्न अस्वीकार गरेका ओली तयार भएपछि प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गरेर बोलाएको बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।

    प्रचण्डनिकट एक सचिवालय सदस्यले ओली आफै उपस्थित हुने भनेर खबर आएपछि भोलिका लागि बैठक सारिएको जानकारी दिए । उनले बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने जानकारी दिए । लामो समयदेखि ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology