एजेन्सी– रुसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ४ सय ८९ चिकित्सकको ज्यान गएको छ ।
गत महिनासम्म जम्मा १ सय १ चिकित्सकको कोरोनाबाट ज्यान गएको थियो । तर, एक महिनाको बीचमा यतिधेरै मृतक थपिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कोरोनाबाट रुसमा हालसम्म ७ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।
यस्तै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६० हजार नाघेको छ ।