Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जाडो मौसममा देखिने डिप्रेसन, यसरी बच्न सकिने

जाडो मौसममा देखिने डिप्रेसन, यसरी बच्न सकिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • १९:३५:५० बजे
  • 1.3K
    SHARES
  • जाडो मौसममा देखिने डिप्रेसन, यसरी बच्न सकिने

    जाडोको मौसममा ‘सिजनल अफेक्टिभ डिसअर्डर’को समस्या अर्थात् मौसमी डिप्रेसन देखिने हुन्छ । जाडो महिनाको सुरुवाती समयमा सिजनल अफेक्टिभ डिसअर्डर समस्या धेरैमा देखिने गरेको पाइन्छ । मानसिक रोग विशेषज्ञका अनुसार यसलाई ‘विन्टर डिप्रेसन’ पनि भनिने गरिन्छ । डाक्टरहरूले यो समस्या किन हुन्छ भनेर थाहा पाउन सकेका छैनन्, तर अमेरिकन साइकियट्रिक एसोसिएसनले सूर्यको कमीले दिमागमा रासायनिक असन्तुलन सिर्जना गर्छ र मौसममा हुने परिवर्तनले गर्दा प्रायः यो समस्या सुरु हुने बताउँछन् ।

    images

    सेरोटोनिन र मेलाटोनिन हर्मोनको कमी र गडबडीका कारण सिजनल अफेक्टिभ डिसअर्डर हुने गर्छ । जाडोको सुरुवातसँगै घामको अभावले अल्छीपना बढ्ने, मुड परिवर्तन हुने, निराशा बढ्ने, सुतिरहन मन लाग्ने, काममा एकाग्र हुन नसक्ने, काम गर्न मन नलाग्ने र सामान्य डिप्रेसनको लक्षण देखा पर्न थाल्छ । गर्मी आएसँगै यसको असर पनि घट्दै जान्छ र पुनः जाडो मौसममा डिप्रेसनको समस्या बल्झिन थाल्छ ।

    शरीरको हर्मोन परिवर्तनमा सामान्यतया सूर्यको किरणको भूमिका मुख्य हुन्छ । सूर्यको किरणको अभाव हुनु डिप्रेसनको मुख्य कारण हुने हुँदा दिनको समय केहीबेर मात्र घाममा निस्कनु आवश्यक हुन्छ साथै यसले एकदम धेरै फाइदासमेत गर्छ । पुरुषको तुलनामा हर्मोनमा आइरहने परिवर्तनका कारण युवती र महिलाहरू चारगुणा बढी प्रभावित हुने पाइएको छ । आफैं ठीक हुँदै जाने हुनाले कतिपयलाई डिप्रेसन भएकोसमेत पत्तो हुँदैन ।

    सिजनल डिसअर्डरको उपचारका लागि थोरै मानिस मात्र चिकित्सककहाँ जाने गर्छन् । सिजनल डिसअर्डरबाट जोगिनका लागि योग तथा व्ययाम गर्ने, साथीभाइहरूसँग सम्पर्कका रहने, क्याफिनको सेवन कम गर्ने, समययमा सुत्ने र उठ्ने तालिका बनाउने, हिटरको प्रयोग गर्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology