शुक्रबार ७४० जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमतिमध्ये प्रदेश १ मा ६७४, प्रदेश २ मा ३ हजार ९९५ र बागमती प्रदेशमा ५०७ रहेका छन् । यस्तै, गण्डकी प्रदेशमा १ हजार ११८, प्रदेश ५ मा ३ हजार ८९१, कर्णाली प्रदेशमा १ हजार ५३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५३५ जनामा संक्रमण देखिएको छ ।