Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ १३ पैंयुपाटा पाखो खेतमा किबी खेती गर्न थालेपछि धान खेतीबाट भन्दा दोब्बरतेब्बर आम्दानी

बागलुङ १३ पैंयुपाटा पाखो खेतमा किबी खेती गर्न थालेपछि धान खेतीबाट भन्दा दोब्बरतेब्बर आम्दानी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २८, २०७७ शुक्रवार • १४:१४:०९ बजे
  • 1.9K
    SHARES
  • बागलुङ १३ पैंयुपाटा पाखो खेतमा किबी खेती गर्न थालेपछि धान खेतीबाट भन्दा दोब्बरतेब्बर आम्दानी
    बलेवा । स्थानीय जातको धान लगाउँदा वर्ष दिनमा पाँचमुरी फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो ।

    उनले परम्परागत तरिकाले खेती नै गर्दै आएका थिए । झण्डै पाँच रोपनी जमीन जोत्न दुई दिन लाग्थ्यो । पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने धान खेतीबाट भन्दा दोब्बर-तेब्बरसम्म आम्दानी गर्न सकेका छन् ।

    वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम बिकी बिक्री गरेर पैसा लिन थालेपछि खुशीले गद्गद बनेका छन् ।

    पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब रु पाँच लाख खर्चेर ८० बिरुवा भालेपोथी लगाएका छन् ।

    बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ । ‘अहिले झण्डै पाँच क्विन्टल फलेको छ’, महेन्द्र भन्छन्, ‘६०६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने देखियो ।’

    खेतबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउँछन् । माटोअनुसारको खेती गर्न नजान्दा खर्च अनुसारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थालेका छन् ।

    ‘कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न बिदेश जानु पर्दैन’, उनी भन्छन् । उनको किबी खेतीका लागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो ।

    किबीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली समेत लगाएका छन् । झ्याल प्रजातीको किवीको रुखमुखी लगाएको नगदे बालीहरुले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले सुनाए ।

  • सम्बन्धित विषय:

  • # किबी खेती
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology