Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीबाट प्रचण्डलाई निकै ठूलो पीडाबोध र अपमान महसुस्

ओलीबाट प्रचण्डलाई निकै ठूलो पीडाबोध र अपमान महसुस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७७ शुक्रवार • २२:२६:१४ बजे
  • 2.0K
    SHARES
  • ओलीबाट प्रचण्डलाई निकै ठूलो पीडाबोध र अपमान महसुस्
    नेकपाका सचिवालयको आजको बैठकमा ९ जनालाई नै पत्रहरु बितरण गरियो ।पहिलो पत्र शुक्रबार बहुमत सचिवालय सदस्यका तर्फबाट ओलीलाई गएको पत्र । त्यस पछि ओलीले अध्यक्ष प्रचण्डलाई लेखेको पत्र । त्यसको जवाफमा प्रचण्डले फेरी ओलीलाई लेखेको पत्र । दिनहुँ जसो बालुवाटारमा भेट भईरहने ओलीप्रचण्डबीच अब पत्र युद्ध चलेको देखिएको छ ।

    ती लामा पत्रहरुमा उनीहरुले एक अर्कालाई दोषी देखाउने प्रयास गरेको देखिएको छ ।ओलीले प्रचण्डमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् भने प्रचण्डले लेखेको पत्रमा हलो अड्काउने र गोरु चुट्ने ओलीको नीतिले आफूलाई ठूलो पीडाबोध र अपमान महसुस गराएको उल्लेख गरेका छन् ।

    आफूले सहमति बमोजिम कार्यन्वयन नभएका बिषयलाई पनि त्याग गर्दै गएर पार्टी एकताप्रति निष्ठा देखाएको तर जति त्याग गर्यो त्यति नै अपमानित गर्ने काम तपाईले गर्नु भयो । प्रचण्डले ओलीलाई लेखेको पत्रमा भनिएको छ ।यो पत्रहरु वितरण सहित एजेण्ड तय गरेको नेकपा सचिवालयको अर्को बैठक मंसीर ३ गते बस्ने छ ।

    भनाभन, सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका नेकपाका शीर्ष नेताहरुबीच अब पत्रयुद्ध चल्न थालेको छ । नेकपा भित्र असार १० को स्थायी समिति पछि शुरु भएको विवादले भदौमा आउदा केसी सहमति बने पनि त्यो कार्यन्वयन नभए पछि पुनः विवादको रुप लिएको छ ।

    नेकपा भित्र अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अल्पमतमा परेका छन् । उनी अल्पमतमा परेकै कारण बैठक बस्न नमानेको प्रचण्ड नेपाल पक्षीय नेताहरुले आरोप लगाउदै आएका थिए ।तर अहिले ओलीलाई छोडेर पनि औपचारीक बैठक बसालेर जाने प्रचण्ड माधवको तयारी पछि ओली आजबाट भने बैठक बस्न तयार भएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology