Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले गरेका एकल निर्णय र मनोमानी फिर्ता लिनुपर्छ : युवा संघ संयोजक दीपशिखा

ओलीले गरेका एकल निर्णय र मनोमानी फिर्ता लिनुपर्छ : युवा संघ संयोजक दीपशिखा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७७ शनिवार • १२:१६:४१ बजे
  • 1.9K
    SHARES
  • ओलीले गरेका एकल निर्णय र मनोमानी फिर्ता लिनुपर्छ : युवा संघ संयोजक दीपशिखा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ, नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माले गरेका एकल निर्णय र मनोमानी फिर्ता लिनुपर्नेमा जोड दिएका छन् । ओली निकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन गरेको आग्रहको जवाफमा दीपशिखाले यस्तो बताएका हुन् ।

    images

    सामाजिक सञ्जाल फेसबुकमार्फत दीपशिखाले ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका एकल निर्णय र मनोमानी फिर्ता लिँदै आत्मालोचित भएर पार्टी निर्णय र सामूहिकतालाई स्वीकार्ने सार्वजनिक स्वीकारोक्ति गरेपछिमात्रै प्रचण्डलाई प्रस्ताव फिर्ता लिन भन्न मिल्ने तर्क गरेका छन् ।

    पोखरेलले प्रचण्डको प्रस्तावले पार्टी फुटतर्फ जाने संकेत गरेकोमा जवाफ दिदै दीपशिखाले पार्टी विभाजनको धम्की नदिन आग्रह गरेका छन् । पार्टी कमिटीमा पेश भएको प्रस्ताव पार्टी कमिटीमै छलफल गर्न दिनुपर्नेमा जोड दिदै उनले जिम्मेवार व्यक्तिले फुटको धम्की नदिन आग्रह गरेका छन् । 

    दीपशिखाले भनेका छन्, जिम्मेवारहरुले फुटको धम्कि नदिऊँ ।  ‘पार्टी र सरकारले बैठकका निर्णयहरु मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागी विषयहरु प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु –भ्रममा पार्नु र धम्क्याउनु हो । भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस् । पार्टी कमिटिमा प्रस्तुत विषय कमिटिमै छलफल हुनदिऊँ । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology