Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

"प्रचण्डले पूर्ण ढंगले बाँडेको राजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक,अराजनीतिक प्रस्ताव"

"प्रचण्डले पूर्ण ढंगले बाँडेको राजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक,अराजनीतिक प्रस्ताव"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २९, २०७७ शनिवार • १५:१२:४० बजे
  • 2.3K
    SHARES
  • "प्रचण्डले पूर्ण ढंगले बाँडेको राजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक,अराजनीतिक प्रस्ताव"
    सत्तारुढ दल नेकपामा नेताहरुको विवाद लिखित दस्तावेजमा परिणत भएपछि फेरि एकपक्षले अर्को पक्षको चर्को विरोध गर्न थालेका छन् । त्यसमा केपी ओली पक्षका केही नेताहरु निकै आक्रामक बन्न पुगेका छन् । 

    शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रस्तावलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले उक्त प्रस्ताव फिर्ता नगरेसम्म कुनै तहको छलफल र बैठक नै नबस्ने दावी गरेका छन् । 


    ‘एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो’, थापाले शनिबार फेसबुकमा लेखेका छन्, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन ।

    पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक  बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology