Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७७ आइतवार • ११:१५:१९ बजे
  • 2.4K
    SHARES
  • कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज
    कोरोना भाइरस संक्रमणबाट अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
    गजुरेललाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशनमा बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत् जानकारी दिएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु । ’

    उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology