Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले बामदेवलाई भने, पार्टी अध्यक्ष ,चुनावपछि प्रधानमन्त्री बनाउँछु,प्रचण्डको प्रस्ताव फिर्ता लिन लगाउनु पर्यो !

ओलीले बामदेवलाई भने, पार्टी अध्यक्ष ,चुनावपछि प्रधानमन्त्री बनाउँछु,प्रचण्डको प्रस्ताव फिर्ता लिन लगाउनु पर्यो !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७७ आइतवार • १७:२८:५२ बजे
  • 1.7K
    SHARES
  • ओलीले बामदेवलाई भने, पार्टी अध्यक्ष ,चुनावपछि प्रधानमन्त्री बनाउँछु,प्रचण्डको प्रस्ताव फिर्ता लिन लगाउनु पर्यो !

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय सदस्यहरुलाई फकाउन थालेका छन् । सचिवालयमा अल्पमतमा परेका ओलीले बहुमत पुर्याउने उद्देश्यले आज पनि बिहानैदेखि छलफल गरिरहेका छन् ।

    images

    ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमसँग बिहान बालुवाटारमा भेटेर पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेका छन् । उनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा प्रस्तुत गरेको प्रस्ताव फिर्ता गराउन पहल गरिदिन भन्दै अहिले नै नेकपाको अध्यक्ष बन्न र चुनावपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेका गौतमले आफू निकटसँग बताएका छन् ।

    गौतम निकट एक नेताका अनुसार ओलीले गौतमलाई भने, ‘अहिले तपाईँलाई अध्यक्ष बनाउँछु, चुनावपछि प्रधानमन्त्री पनि बनाउँछु । अहिलेलाई रोजेको मन्त्रालयले लिएर सरकारमा सहभागी बन्नु पर्यो । प्रचण्डको प्रस्ताव फिर्ता लिन लगाउनु पर्यो । तपाईँको ममाथि ठूलो योगदान छ ।’

    तर, गौतमले प्रचण्डकोमात्रै नभएर प्रस्ताव आफूहरुको पनि भएको बताएका थिए । उनले ओलीलाई भने, ‘तपाईँका प्रस्ताव ठिक छन्, यो कुरा गर्नका लागि पनि बैठक आवश्यक पर्छ । बैठकबाट तपाईँले निर्णय गराउनुस् । प्रचण्ड कमरेडले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पाँचै जनाको हो । त्यसैले त्यो फिर्ता हुँदैन । बैठकमा तपाईँले आफ्नो कुरा राख्नुस् ।’

    गौतमले बैठकबाट भागेर भन्दा पनि गल्ती सच्चाएर अगाडि बढ्न ओलीलाई सुझाव दिए । उनले भने, ‘तपाईँले मैले गल्ती गरेँ र पार्टीको निर्देशन अनुसार चल्छु भनेर बैठकमा भन्नु पर्यो । विगतमा जस्तो गल्ती फेरि दोहोर्याउने कुरा गर्दिन भनेर जानु पर्छ । तपाईँबाट समस्या भएकाले निकास पनि तपाईँले नै दिनुपर्छ ।’

    आफूलाई साथ दिन पटक पटक ओलीले आग्रह गरेपनि उपाध्यक्ष गौतमले पार्टी बैठकबाट निकास निकाल्नका लागि सुझाव दिएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए । गौतमले प्रचण्ड र माधव नेपाललाई गाली गर्नुभन्दा बैठक फेस गरेर गल्ती सच्चाउन सुझाव दिएका छन् ।

    उपाध्यक्ष गौतमसँगको भेटवार्तामा महासचिव पौडेल पनि सहभागी थिए । प्रचण्डले बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि ओली समस्यामा परेका छन् । उनले शनिबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए । यसअघि उपाध्यक्ष गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले ओलीको पक्षमा लाग्न गौतमलाई आग्रह गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology