Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

६० हजार माहुरीको गोलो मान्छेको जीउमा

६० हजार माहुरीको गोलो मान्छेको जीउमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७७ शुक्रवार • २१:१५:१६ बजे
  • 1.6K
    SHARES
  • ६० हजार माहुरीको गोलो मान्छेको जीउमा

    भारतको केरलाका एकजना युवकले आफ्नो शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान कायम गरेका छन् । नेचर एमएस नामका ती युवकले आफू ७ वर्षको छँदादेखि नै आफ्नो अनुहारमा माहुरी बसाल्न सुरु गरेका थिए ।

    images

    जीउमा माहुरीको गोलो बसालेको पहिलो अनुभव सुनाउँदै उनी भन्छन्, ‘सुरुमा मेरो हातमा रहेको रानी माहुरी खोज्दै त्यसलाई जोगाउनका लागि ठूलो संख्यामा कर्मी माहुरीहरु मेरो हातमा झुम्मिए । अर्को दिन मैले मेरो टाउकोमा रानी माहुरी राखेर सोही प्रयोग गरेँ । केही क्षणमै हजारौँ माहुरीहरु आएर मेर टाउकोतथा अनुहारमा बसेर र ढपक्कै ढाके ।

    ६० हजार माहुरीलाई आफ्नो टाउको र जीउमा बसालेर कीर्तिमान कायम गरेका एमएसका अनुसार माहुरीले सामान्य अवस्थामा मानिसलाई चिल्दैन । यदि मानिसलाई माहुरीले चिल्यो भने त्यो मान्छेकै कुनै गल्तीका कारण हुन्छ । आफूले माहुरी पालनका साथै माहुरीको महत्वका बारेमा जनचेतना जगाउनका लागि जीउमा माहुरी बसालेर विश्व कीर्तिमान कायम गर्ने प्रयास गरेको उनको भनाइ छ । उनका अनुसार माहुरीहरु समाजका महत्वपूर्ण किटपतंग भएका कारण माहुरीको संरक्षण गर्नु हाम्रो दायित्व हो ।

    एजेन्सी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology