Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पार्टीका सबै कमिटीमा अहिलेसम्म ओली अल्पमतमा ,संसदीय दलमा बहुमत जुटाउने प्रयास

पार्टीका सबै कमिटीमा अहिलेसम्म ओली अल्पमतमा ,संसदीय दलमा बहुमत जुटाउने प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७७ मंगलवार • १२:३०:२० बजे
  • 1.6K
    SHARES
  • पार्टीका सबै कमिटीमा अहिलेसम्म ओली अल्पमतमा ,संसदीय दलमा बहुमत जुटाउने प्रयास

    नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला फेरि एक पटक प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादी नेतासँग परामर्स तीव्र पारेका छन् । नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई आफू निकट ल्याउने प्रयास असफल भएपछि ओलीले पूर्वमाओवादी नेताहरुसँग निरन्तर छलफल गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

    images

    नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकता कायम गर्न र पार्टी बैठकका निर्णय कार्यान्वयन गरेर जान सुझाव दिएको जानकारी दिए । उनले आफूहरुले पार्टी विभाजनबाट रोक्नका आग्रह गरेको पनि बताएका छन् । पूर्वमाओवादी नेताहरुसँग ओलीले आफूलाई सहयोग गर्नका लागि आग्रह गरेका छन् ।

    पार्टीको सचिवालय बैठकमा बहुमत सदस्यको तर्फबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीविरुद्ध संगीन आरोपसहित राजनीतिक प्रस्ताव पेश गरेपछि ओली समस्यामा छन् । उनले यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका छन् ।

    स्रोतका अनुसार भण्डारीले अध्यादेश वा अन्य विकल्पमा जानुभन्दा संसदीय दलमा बहुमत जुटाउन सल्लाह दिएपछि ओलीले गौतम र नेपालसँग सल्लाह गरेका थिए । तर दुबैजनाले पार्टी बैठकबाट निर्णयमा पुग्न आग्रह गरेपछि पूर्वमाओवादीका मध्यमार्गी नेतालाई आफू निकट ल्याउने प्रयासमा ओली लागेका छन् ।

    संसदीय दलमा बहुमत जुटाउन भन्दै ओलीको तर्फबाट महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यद्वय सुवास नेम्बाङ र पृथ्वीसुब्बा गुरुङ सक्रिय भएका छन् । संसदीय दलमा ओली बहुमतमा छैनन् । पार्टीका सबै कमिटीमा अहिलेसम्म ओली अल्पमतमा छन् ।

    पौडेलसहित टोपबहादुर रायमाझी, प्रभू साह, लेखराज भट्ट, मणि थापालगायतका नेताहरुसँग ओली निरन्तर छलफलमा छन् । सचिवालय सदस्य रामबहादुर थापा बादलले अन्तिमसम्म पनि आफूलाई साथ दिनेमा ओली आशावादी छन् ।

    भोलिको सचिवालय बैठकसम्म ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिन लगाउन नसकेमा वा अन्य कुनै विकल्पमा जान नसकेमा महासचिव पौडेलमार्फत एकतर्फी बैठक स्थगित गरेको सूचना जारी गर्न लगाउने तयारी छ । तर, प्रचण्डसहितका बहुमत सदस्यले अब बहुमतका आधारमा निर्णय गरेर अगाडि बढ्ने एक नेताले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology