Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भोलि नेकपा सचिवालय बैठक बस्ने,ओलीले आफू निकट नेताहरुलाई पनि बैठकमा नजान निर्देशन

भोलि नेकपा सचिवालय बैठक बस्ने,ओलीले आफू निकट नेताहरुलाई पनि बैठकमा नजान निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७७ मंगलवार • १८:०५:५० बजे
  • 2.4K
    SHARES
  • भोलि नेकपा सचिवालय बैठक बस्ने,ओलीले आफू निकट नेताहरुलाई पनि बैठकमा नजान निर्देशन

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेसँगै दुबै पक्ष आआफ्नो तयारीमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएमा आफू बैठकमा सहभागी नहुने बताइसकेका छन् । उनले आफू निकट नेताहरुलाई पनि बैठकमा नजान निर्देशन दिइसकेका छन् ।

    images

    ओलीको सन्देश बोकेर आज बिहान खुमलटार पुगेका महासचिव विष्णु पौडेलले बैठक रोकेर सहमतिका लागि पहल गर्ने प्रयास गरेका थिए । तर, प्रचण्डले यो विषय पनि पार्टीको बैठकमा छलफल गरेर जान सकिने जवाफ दिएपछि ओलीले आफूनजिकका नेताहरुसँग थप परामर्स थालेका छन् । उनले महासचिव पौडेललाई एकतर्फीरुपमा बैठक स्थगित गर्न निर्देशन दिने र बैठकमा नजाने तयारी गरेका स्रोतको भनाइ छ ।

    शुक्रबार बसेको सचिवालय बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो । बहमुत सदस्यले बैठक नसार्ने अडान लिएका छन् । उनीहरुले ओली उपस्थित नभए पनि पूर्वनिर्धारित बैठक सञ्चालन हुने बताएका छन् । एक सचिवालय सदस्यले नागरिकखबरसँग भने, ‘भोलिको बैठक ओली अनुपस्थित भए पनि बस्छ । पार्टीलाई अनिर्णयको बन्दी बनाउने कुरा राम्रो होइन ।’

    प्रधानमन्त्री निवास बालुवाटारमै बैठक बस्ने तयारी बहुमत पक्षको छ । ती सचिवालय सदस्य भन्छन्, ‘सकभर सबैको सहभागितामा बैठक बस्छ । अहिलेसम्म बैठकको स्थान तय भएको छैन । त्यहाँ बस्न नदिने वा अन्य केही अवरोध आएमा मात्र पार्टी कार्यालयमा बैठक बस्छौँ ।’

    शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले ५ जनाको तर्फबाट १९ पृष्ठलामो राजनीतिक प्रस्ताव पेश गरेपछि ओली अप्ठ्यारोमा छन् । उनले प्रस्ताव फिर्ता नभएमा बैठकमा नजाने र आफू निकटलाई पनि रोक्ने तयारी भएको बालुवाटार निकट स्रोतले जनाएको छ । ओली पक्षीय नेताहरुले पनि प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology