Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता ,राति प्रम ओलीसँग भेटवार्ता

नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता ,राति प्रम ओलीसँग भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ३, २०७७ बुधवार • ०९:२८:२८ बजे
  • 2.1K
    SHARES
  • नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता ,राति प्रम ओलीसँग भेटवार्ता
    काठमाडौं । नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पुनः बढेको छ ।

    उनले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको स्रोतले बतायो ।

    यसअघि पनि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ ।

    गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।

    अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । कतिपयले यसलाई आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा लिने गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology