Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा सचिवालय वैठकमा महासचिव पौडेलले सामूहिक राजीनामा गर्नुपर्ने प्रस्ताव अघि सारेपछी

नेकपा सचिवालय वैठकमा महासचिव पौडेलले सामूहिक राजीनामा गर्नुपर्ने प्रस्ताव अघि सारेपछी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ३, २०७७ बुधवार • १६:१२:०६ बजे
  • 2.4K
    SHARES
  • नेकपा सचिवालय वैठकमा महासचिव पौडेलले सामूहिक राजीनामा गर्नुपर्ने प्रस्ताव अघि सारेपछी
    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले नेतृत्व असफल भएको भन्दै सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। 

    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सञ्चालनका क्रममा महासचिव पौडेलले यस्तो प्रस्ताव अघि सारेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। 

    पार्टीभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद चर्किदै जाँदा नेकपाको विवाद उत्कर्षमा पुगेको छ। 

    विवाद समाधानका लागि उपयुक्त प्रस्ताव ल्याउनुको साटो नेतृत्व नै विवादमा रुमलिएको भन्दै महासचिव पौडेलले यस्तो प्रस्ताव ल्याएका हुन्। 

    महासचिव पौडेलको यस्तो सरप्राइज प्रस्ताव गम्भीरतापूर्वक सुनेका अन्य सदस्यले यस विषयमा कुनै प्रतिक्रिया भने जनाएनन्। उनले राजीनामा गरेर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्। 

    बुधबारको बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सचिवालय सदस्य निर्धारित समयभन्दा ढिला गरी उपस्थित भएका थिए। बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव ल्याउने जानकारी गराइएको छ। 


    बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावको लागि १० दिन समय माग गरेपछि अर्को सचिवालय बैठक मंसिर १३ गतेलाई तय गर्दै आजको बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

    प्रवक्ता श्रेष्ठका अनुसार यसअघि पेश भएका र बाँडिएका दस्तावेजसँगै अध्यक्ष ओलीको प्रस्ताव समेतलाई लिएर छलफल गर्ने गरी मंसिर १३ गते सचिवालयको अर्को बैठक तय भएको हो।

  • सम्बन्धित विषय:

  • # सचिवालय
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology