काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले सत्तारुढ नेपालकम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोप नौलानभएको र गलत पनि नभएको टिप्पणी गरेका छन् ।
नेता थापाले आज नेकपाको घरझगडा, राष्टिय राजनीति र सरकार सञचालनशीर्षकमा आज आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
थापाले लेखेका छन्,”पुष्पकमलदाहालले खड्गप्रसाद ओलीमाथि लगाएका आरोपहरुमा नौला विषय छैनन् र गलत पनि होईन, संसद, सडक र सबैतिरबाट प्रधानमन्त्रीओलीविरुद्ध उठ्दै र लाग्दै गरेका आरोप हुन् । तर पनि यो प्रकरण विशेष छ ।
नेकपा सचिबालयको पछिल्लो सचिबालयको बैठकमा प्रचण्डले वलीको बिरुद्द लामो आरोप सहितको राजनानतिक प्रतिबेदन पेस गरेपछी दुई पक्ष बिच संघर्षको आयतन बढीरहेको बेला थापाको यो बिचारलाई नेकपा भित्र अर्थ पुर्ण रुपमा लिईएको छ।