Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अनिच्छित गर्भधारण गरी अपांग छोरी जन्माए पछि १० मिलियन अमेरिकी डलर क्षतिपूर्ति

अनिच्छित गर्भधारण गरी अपांग छोरी जन्माए पछि १० मिलियन अमेरिकी डलर क्षतिपूर्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७७ शुक्रवार • ०९:१६:२४ बजे
  • 1.9K
    SHARES
  • अनिच्छित गर्भधारण गरी अपांग छोरी जन्माए पछि १० मिलियन अमेरिकी डलर क्षतिपूर्ति
    एजेन्सी । औषधि उपचारमा चिकित्सकको कम्जोरीका कारण विरामीको मृत्यु वा अन्य कुनै हानी नोक्सानी हुँदा विरामीका आफन्तले विरोध गर्दै नारा जुलुस गर्ने, अस्पतालमा तोडफोड गर्ने जस्ता दृष्यहरु हामीले थुप्रै पटक देख्न पाएका छौं । तर यस्ता घटनाको न्यायिक छानविन र क्षतिपूर्तिको ब्यवस्थासंगै दोषी उपर कारवाही भएको समाचार भने खासै सुन्न पाउँदैनौं । तर अमेरिकामा भने यहाँको जस्तो अवस्था छैन ।
    यस्तै एक घटनामा अमेरिकाको सियाटल निवासी एक महिला र उनकी अपांग छोरीले अदालतबाट समुचित न्याय पाएका छन । घटना अनुसार सियाटल निवासी येसेनिया पचेकोले १० मिलियन अमेरिकी डलर क्षतिपूर्ति स्वरुप पाएकी हुन । केस विवरण अनुसार पचेको १६ बर्षको उमेरमा एल साल्भाडोरबाट शरणार्थीका रुपमा अमेरिका पसेकी थिइन । उनले सन २०११ बाट सियाटलकै सामुदायिक स्वास्थ्य केन्द्रबाट गर्भ निरोधक खोप डिपो प्रोभेरा खोप लगाउने गर्थिन ।
    उनको गर्भ निरोधक खोप लगाउने तालिका प्रत्येक तीन तीन महिनाको थियो । यसअघि नै २ बच्चाकी आमा भैसकेकी पचेकोलाई थप अर्को बच्च जन्माउने इच्छा थिएन । त्यसैले उनले चिकित्सकको सल्लाह अनुसार नियमित रुपमा गर्भनिरोधक खोप लिइरहेकी थिइन । तर एक पटक स्वास्थ्य केन्द्रकी नर्सले डिपो प्रोभेरा नभै फ्लुको सुई लगाईदिइन । ती नर्सले पचेकोको खोप तालिका नहेरिकनै गलत खोप लगाइदिएकी थिइन ।
    फलस्वरुप पचेको गर्भवती भइन र एक अपांग छोरीको जन्म भयो । पति लुइस र पत्नी एसेनिया पचेको न्यायको माग गर्दै अदालत गए । यही मुद्धामा सियाटलको जिल्ला अदालतका न्यायाधिस रोबर्ट लास्निकले गत साता पचेको दम्पतीलाई क्षतिपूर्ति बापत १० मिलियन अमेरिकी डलर दिनुपर्ने फैसला सुनाए । पचेको दम्पतीले अनिच्छित गर्भधारण गरी अपांग छोरी जन्माएका कारण दुख र संघर्षपूर्ण जीवन जिउन बाध्य हुनु परेको भन्दै अदालतले यसमा त्यहाँको संघीय सरकारलाई दोषी ठहर गरी क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
    अदालतको आदेश अनुसार बालिकाको स्वास्थ्य, शिक्षा र अन्य खर्च भन्दै ७.५ मिलियन डलर क्षतिपूर्ती तोकिएको छ । त्यस्तै पचेको दम्पतीको दुखपूर्ण जीवनका लागि भन्दै २.५ मिलियन डलर क्षतिपूर्ती तोकिएको अदालतको आदेशलाई उद्धृत गर्दै युएस न्युजले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology